Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

चितवन । नेपाली सेनाले उच्च प्राथमिकतामा राखेर चितवनको भरतपुर महानगरपालिका–६ केसरवागस्थित ‘किङफिसर’ तालको पुनर्निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७७–७८ मा तालतलैया संरक्षण र पुनर्निर्माणको महत्वपूर्ण परियोजनाका रूपमा सेनाले उक्त कार्य गर्न लागेको हो ।

किङफिसर भन्ने चरा त्यस स्थानमा आएर चरीचरन गर्ने क्रममा माछा खाने गरेकाले उक्त तालको नाम किङफिसर ताल राखिएको भनाइ छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनको नेतृत्व सम्हाले लगत्तै “सफा ताल तथा नदी अभियान’ मार्फत तालतलैयाको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । नेपाली सेनाले कैलालीको कोइलही ताल, रुपन्देहीको गजेडी, बर्दियाको बढैया, सिरहाको कमल र देवी, सुनसरीको बर्जु, सप्तरीको ठाकुर–बाबालगायतका तालतलैयाको पुनर्निर्माण गरी यसअघि नै स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।

किङफिसर ताल मुलुकुमा रहेका पाँच हजार ३५८ तालमध्ये निकै चर्चा पाउँदै आएको एक महत्वपूर्ण ताल हो । पूर्वपश्चिम राजमार्गको हाकिमचोकबाट सात किलोमिटर दक्षिण, खगेरी दह पश्चिम तथा बीसहजारी ताल नजिक अवस्थित उक्त ताल मानव निर्मित हो ।

नवज्योति सामुदायिक वन मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सहयोगमा विसं २०६२ मा पुनर्निर्माण गरिएको उक्त तालमा पानीको स्थायित्वका लागि बीचबीचमा बाँध लगाइएको छ । बाँधले छुट्याएअनुसार किङफिसर एक, दुई, तीन र चार नामकरण गरिएको उक्त ताल निर्माणका लागि वन मन्त्रालयअन्तर्गत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिबाट चालु आर्थिक वर्षमा रु एक करोड ८५ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ ।

पुनर्निर्माणलाई वस्तुवादी र व्यावहारिक तुल्याउन स्थानीयवासीसँग छलफल गरी हाल विस्तृत कार्ययोजनासमेत तयार गरी किङफिसर १ र २ को काम यसै आर्थिक वर्षभित्र पूरा गर्ने उद्देश्यका साथ बोलपत्र आह्वान भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

केही वर्षदेखि चौरमा परिणत भएको र त्यस क्षेत्रको वैभव बोकेको उक्त ताल पुनर्निर्माणका लागि स्थानीयवासीले पटकपटक आग्रह गरेपछि सैनिक नागरिक सम्बन्धको नमूना कार्य बनाउने उद्देश्यले किङफिसर ताल निर्माणलाई प्राथमिकता दिइएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको वार्षिक प्रतिवेदन (२०७६) अनुसार उक्त जिल्लामा राष्ट्रिय निकुञ्जभित्र ३७ र मध्यवर्ती क्षेत्रभित्र २१ गरी ५८ वटा साना तथा ठूला ताल तथा घोल रहेका छन् । ताल निर्माणपछि त्यस क्षेत्रमा रहेका लोपोन्मुख जलीय प्राणीको संरक्षणका साथै पर्यावरणीय सन्तुलनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

ताल निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनले त्यस क्षेत्रमा व्यापार व्यवसाय र चहलपहल बढने स्थानीयवासीको भनाइ छ । उक्त ताल पुनर्निर्माणका लागि कालीप्रसाद गण (ई) लाई सेनाले व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

उक्त परियोजनाअन्तर्गत पुरिएको अवस्थामा रहेको ताल सफा गरिनुका साथै वरिपरि पैदल मार्ग निर्माण गरिनेछ । तालको बीचमा चेक बाँध पनि बनाइनेछ । त्यहाँ अवस्थित शिव मन्दिरदेखि तालसम्म जाने बाटोलाई व्यवस्थित गरिने पनि निर्देशनालयले जानकारी दिएको छ । निर्माणको जिम्मेवारी पूरा गरेसँगै सेनाले उक्त ताल स्थानीय निकायलाई हस्तान्तरण गर्नेछ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय