
बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कार/हत्या आरोपमा प्रहरीको नियन्त्रणमा रहेका राजेन्द्र बोहरा बिहीबार राति भागेका छन्।
पुर्पक्षका लागि डोटीस्थित बाल सुधार केन्द्रमा राखिएका उनलाई कोरोना संक्रमण भएपछि यही मंसिर ६ देखि डोटी जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।