Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

काठमाडौं ,मङ्सिर १७ गते। वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष तथा म्यादी जीवन बीमाको रकम अनलाइनमार्फत भुक्तानी गर्न पाउने भएका छन् । वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युतीय माध्यमबाट समेत भुक्तानी लिई सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने योजनाबमोजिम भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिएबापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्न नपर्ने उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष र बीमाको रकम इ सेवाबाट भुक्तानी गर्न सकिने सेवाको शुरूआत भएको छ । योसँगै वैदेशिक रोजगारमा जाँदा सिधै इसेवाबाट भुक्तानी गर्न सकिने भएको हो । इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ् । सन नेपाल लाइफ इन्सुरेन्सले जारी गर्ने वैदेशिक रोजगार म्यादी बीमाको इसेवामार्फत भुक्तानी गर्न सकिन्छ ।

यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ । आफैँले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्वीकृति लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । यसैगरी पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नवीकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाइन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।

यस्तै म्यानपावरमार्फत वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीले पनि एकमुष्ट कल्याणकारी कोषमा रकम बुझाउन सक्ने जनाइएको छ जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएको लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिनेछ । इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ । यसअघि कल्याणकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहिआएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय