Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

चितवन, मंसिर १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटनलाई केन्द्रित गरेर कार्यक्रम ल्याउने तयारी भएको जानकारी दिनुभएको छ ।
चितवनको भरतपुर विमान स्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भ्रमण वर्ष २०२० कोरोनाका कारणले स्थगित भएकाले आउँदो अङ्ग्रेजी वर्षलाई आन्तरिक भ्रमणका रुपमा अगाडि लैजाने तयारी भएको बताउनुभयो । ‘कोभिड १९ कोरोनाले गर्दा आठ महिना केही गर्न सकेनौं, अहिले आन्तरिक पर्यटक वृद्धि हुन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘अहिले ४० प्रतिशत उडानहरु सुरु भएको छ ।’
आन्तरिक पर्यटक वृद्धि भएपछि अन्तरराष्ट्रिय पर्यटकलाई पनि ल्याउने तयारी छ मन्त्री भट्टराइले भन्नुभयो । सन् २०२१ बाटै वाह्य पर्यटक नेपाल भित्राउने काम सुरु हुन्छ, त्यसैको तयारीमा मन्त्रालयले काम गरिराखेको छ। उहाँले भन्नुभयो ।

यस्तै, भरतपुर महानगरका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले भरतपुर विमानस्थललाई रात्रिकालिन उडानसहितको व्यवस्थित र सुविधा सम्पन्न विमानस्थलको विस्तार गर्न चाहेको बताउनुभयो । उहाँले यो विमानस्थलको विस्तार र विकासले चितवन र यस आसपासका जिल्लाहरूको समग्र विकासमा उल्लेख्य टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका इन्जिनियर भरत आचार्यले भरतपुर महानगरपालिकाले विमानस्थल विस्तार सम्बन्धी भए गरेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । नागरिक उड्यन विभागका महानिर्देशक राजन पोखरेल, हवाइ इन्जिनियरिङ्ग विभागका निर्देशक प्रदीप अधिकारी, कालिबहादुर गणका गणपति विज्ञानदेव खनाललगायतले विमानस्थल विस्तारको आवश्यकताको विषयमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय