Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

चितवन, मंसिर १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटनलाई केन्द्रित गरेर कार्यक्रम ल्याउने तयारी भएको जानकारी दिनुभएको छ ।
चितवनको भरतपुर विमान स्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भ्रमण वर्ष २०२० कोरोनाका कारणले स्थगित भएकाले आउँदो अङ्ग्रेजी वर्षलाई आन्तरिक भ्रमणका रुपमा अगाडि लैजाने तयारी भएको बताउनुभयो । ‘कोभिड १९ कोरोनाले गर्दा आठ महिना केही गर्न सकेनौं, अहिले आन्तरिक पर्यटक वृद्धि हुन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘अहिले ४० प्रतिशत उडानहरु सुरु भएको छ ।’
आन्तरिक पर्यटक वृद्धि भएपछि अन्तरराष्ट्रिय पर्यटकलाई पनि ल्याउने तयारी छ मन्त्री भट्टराइले भन्नुभयो । सन् २०२१ बाटै वाह्य पर्यटक नेपाल भित्राउने काम सुरु हुन्छ, त्यसैको तयारीमा मन्त्रालयले काम गरिराखेको छ। उहाँले भन्नुभयो ।

यस्तै, भरतपुर महानगरका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले भरतपुर विमानस्थललाई रात्रिकालिन उडानसहितको व्यवस्थित र सुविधा सम्पन्न विमानस्थलको विस्तार गर्न चाहेको बताउनुभयो । उहाँले यो विमानस्थलको विस्तार र विकासले चितवन र यस आसपासका जिल्लाहरूको समग्र विकासमा उल्लेख्य टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका इन्जिनियर भरत आचार्यले भरतपुर महानगरपालिकाले विमानस्थल विस्तार सम्बन्धी भए गरेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । नागरिक उड्यन विभागका महानिर्देशक राजन पोखरेल, हवाइ इन्जिनियरिङ्ग विभागका निर्देशक प्रदीप अधिकारी, कालिबहादुर गणका गणपति विज्ञानदेव खनाललगायतले विमानस्थल विस्तारको आवश्यकताको विषयमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय