Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

काठमाडौं । सरकारले राजावादीहरुको गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले देशका विभिन्न भागमा केही दिन यता भइरहेको राजावादीहरुको प्रदर्शनतर्फ लक्षित गर्दै यस्तो आग्रह गरेका हुन् ।

“जसरी अहिले सरकारको विरुद्धमा केही गतिविधि छन् । हामी नेपालको संघीयता, स्थिर सरकार, विकासका विरुद्ध जुन गतिविधि भइरहेको छ । शीर ठाडो पारेको छ । नेपाल सरकार त्यसमा सचेत छ । हामीले त्यस्ता गतिविधिमा नलाग्न, सहभागि नहुन नेपाल सरकार आह्वान गरेका छौं ।  सचेत रहन हामी जनता, नागरिक समाज, राजनीतिक दल सबैलाई आग्रह गर्दछौं,” प्रवक्ता गुरुङले भने । त्यस्तै, उनले संकटको घडीमा एकतावद्द हुन सबैलाई आग्रह पनि गरे । राजसंस्था पक्षधरहरुले केही दिन यता देशका मुख्य शहरहरुमा बाइक र्याली निकालेका थिए ।

राजसंसथा समर्थकहरुले केही समय यता गतिविधि बढाएका छन् । सत्तारुढ दल नेकपाभित्र विवाद चर्केका बेलामा राजावादीहरुको बढेको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजसंस्था पुनस्र्थापनाको पक्षमा हुने गतिविधिमा उदार देखिएको सरकारले आइतबार भने प्रतिक्रिया दिएको हो । सरकारका प्रवक्ता गुरुङले राजावादीहरुको गतिविधिप्रति सरकार सचेत रहेको भन्दै नागरिक र राजनीतिक दललाई पनि शतर्क रहेन आग्रह गरेका हुन् । संसदमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्र्थापनाको माग गर्दै आएको छ ।

राप्रपाका एक अध्यक्ष पशुपति शमशेर राणाले आइतबार राजसंस्थाका पक्ष्मा विज्ञप्ति नै जारी गरेका थिए । उनले राजसंस्था र हिन्दू राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पुर्याउनु सबैको कर्तव्य भएको बताएका छन् ।

“सम्बद्र्धनवादमा अभ्यस्त, जनता माझको राजनीतिक दल भएबाट राप्रपाले यही जनभावनाको समर्थन र पैरवी गर्दै आएको हो । राष्ट्रहितलाई केन्द्रमा राखेर, राजसंस्था र हिन्दू राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पुर्याउनु हामी सबैको कर्तव्य बनेको छ,” राणाले विज्ञप्तिमा भनेका छन्, “यसबीच पद्धतिमाथिकै बहस देशव्यापी बन्नु आश्चर्य भएन । देशका कुनाकुना जनता जागेका छन् । वाक्कदिक्क छन्, विकल्पको खोजीमा छन् । नेपाली जनता, युवा पिढी सडकमा आएका छन् । नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्दैछन्, जो सकारात्मक छ, सह्रानीय छ, प्रजातन्त्र अनुकूल छ ।”

राणाले परिवर्तन जनचाहना विपरित गएको भन्दै सरकार, सत्तारुढ दल र राष्ट्रपतिको भूमिकाकोसमेत आलोचना गरेका छन् ।  “समावेशीता, समृद्धि, पहिचान, स्थायित्वको नारा थियो । तर, देश दिनदिनै ओरालो लाग्दो छ । भ्रष्टाचारी देश भनेर सरकारले नयाँ किर्तिमान राखेको छ । गुटगत, दलगत पक्षधरताले राष्ट्रपतिको गरिमा, निष्पक्षता प्रश्न चिन्हमा छ । सत्तारुढ नेकपा कुर्सी र वैठकको झगडामा लिप्त छ,” विज्ञप्तिमा उललेख छ । त्यसको जवाफमा सरकारका प्रवक्ता गुरुङले सरकार संघीयता, राजनीतिक स्थिरता र विकासप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय