Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

संदेश घिमिरे

नेपालीहरुको महान चाड ठुलो मूल्य र मान्यता बोकेको पर्व बिजय दशमी “दशैको” अवसरमा आफुभन्दा ठुला अग्रज आमा बा ,आदरणीय अग्रज, मान्यजनहरुबाट निधारमा टिका र कानमा जमरा सहित आशीर्वाद थाप्ने चलन नेपाली समाजमा छ ।यश सगै मान्यजनहरुबाट टीका जमरा र आशीर्वाद थाप्दै लिङ्गे पिङ्ग खेल्ने चलन पनि उत्तिकै रहेको छ ।दसैंको टिकाको दिन एक पल्ट भने पनि पिङ्ग खेल्ने र एक पल्ट धर्ती छाड्नै पर्ने मान्यता छ ।बिगतको जस्तो गाउँघर र सहरमा पिङ्ग लगाइने चलन हिजोआज लोप हुँदै गएको पाइन्छ । बिगतमा चाडपर्बको शुरूवात संगै गाउँघरमा सबैजना भेट् भएर आफ्नो कला सस्कृतिलाइ जोगाउने उद्देश्यका साथ ,सामाजिक सस्कृतिकको मान्यता राख्दै पिङ्ग लगाइने चलन थियो। जब गाउँघरमा पिङ्ग लगाइन्थो तब चाडपर्ब आएको जस्तो महशुस मानिसले गर्थे, बिगतमा नेपालीहरुको महान चाड दसैं र तिहारलाई मध्यनजर गर्दै पिङ्ग बिगतमा जहाँ त्यहीँ जुनसुकै नेपाली गाउँघरमा देख्न पाइन्थ्यो ।आफ्नै गाउँघरमा पाउने कच्चा सामग्री जस्तै बाबियो,बाँस,सनपाटको प्रयोग गरि पिङ्ग तयार पार्थे तर आजकाल बिदेशी पर्बहरुमा रमाउने नेपालीहरुमा पिङ्ग बनाउनुपर्छ भन्ने सोचाइ आउदैन।पिङ्गलाई दसैं र तिहारको मनोरञ्जन को साधनको रुपमा लिने गरिन्छ ।साना केटाकेटीहरु पिङ्ग खेल्न असाध्यै मन पराउछन्। दसैंको टिकाको दिन पिङ्ग खेली धर्ती छाड्दा गति परिन्छ भन्ने मान्यताको आधारमा पिङ्ग लगाइ खेल्ने प्रचलन भएको बिश्वास हामी हाम्रा अग्रजहरुबाट जानकार हुन्छौं । नेपाली समाज अहिले भिन्न भएको छ ,पहिलेको जसरी चाडपर्ब मनाउने चलन हराउदै गएको छ ।देखावटी रुपमा चाडपर्ब मनाउने चलन अहिलेको छ । त्यो सगै बिगत देखि मुल्य र मान्यता बोकेको पिङ्ग लगाइने चलन पनि लोप हुँदै गएको छ ।हामिले चाडपर्ब मनाउदै गर्दा हाम्रो मुल्य र मान्यता बोकेको सस्कृती र चलनलाई पनि उतिकै प्राथमिकता दिन आवश्यक छ । ठुलो कला र सस्कृती बोकेको पिङ्ग लोप हुन दिनुहुदैन र हामी सबै यस्लाई संरक्षण गर्न लागि पर्नु पर्छ र आफ्नो कला सस्कृती रितिरिवाज परम्परालाई भुल्नु हुदैन र आफ्नो हैसियत हेरेर चाडपर्ब मनाउन तिर सबै लागि पर्नुपर्ने छ । अहिले बिश्व कोरोना भाइरस कोभीड १९ बाट ग्रसित छ त्यसकारण कला सस्कृती,परम्परा चलनचल्ती रितिरिवाजलाइ प्राथमिकता दिदै हामी जहाँ छौ सो ठाँउमा उच्च मनोबल सहित सुरक्षित रहदै आफ्नै परिवार सग रमाइलो गर्दै चाड मनाउ र ठुलो मूल्य र मान्यता बोकेको पिङ्गलाइ संरक्षण गर्न तिर लागि परौ ।सबैमा मेरो बिजय दश्मीको शुभकामना ।जय नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय