नेपाली बजारमा सुनको भाउ एक हजार चार सय रुपैयाँले सस्तो भएको छ ।
बिहीबार (आज) सुन तोलामा ९४ हजार छ सय रुपैयाँमामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि सुनको भाउ तोलामा एक हजार छ सय रुपैयाँले गिरावट आएको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको हो ।
सुनचाँदीको मूल्य अझै भाउ अझै घट्न सक्ने महासङ्घको अनुमान छ । आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदी बिहीबार तोलामा १० रुपैयाँले बढेर चाँदी एक हजार एक सय ८५ रुपैयाँमा किनबेच भएको छ ।
