Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

२०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेले बर्चश्व राखेको इलाम नगरपालिकामा यो पटक नेपाली काँग्रेसले प्रमुख उपप्रमुखसहित बहुमत वडा अध्यक्षमा जीत हासिल गरेको छ ।

पुर्वकै जेठो नगरपालिका इलाम नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महासमिति सदस्य केदार थापा निर्वाचित बन्नुभएको छ । थापाले नेकपा एमालेका धिरेन कुमार चेम्जोङलाई २ हजार ५ सय ७८ मतान्तरले हराउँदै प्रमुख पदमा निर्वाचित बन्नुभएको हो ।

थापाले १३ हजार १ सय ६५ मत प्राप्त गर्दा चेम्जोङले १० हजार ५ सय ८७ मत प्राप्त गर्नुभयो । गत स्थानीय निर्वाचनमा हाल नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेत प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

इलाम नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसकै विष्णु कुमारी लिम्बु निर्वाचित हुनुभएको छ । लिम्बुले एमालेकी सीतादेवी रिजाललाई पराजित गर्नुभयो । लिम्बुले १३ हजार ५ सय ४२ मत पाउँदा रिजालले १० हजार ८८ मत प्राप्त गर्नुभयो ।

इलाम शहरी खानेपानी आयोजनाका अध्यक्ष केदार थापा २०३६ सालदेखि नेपाल विद्यार्थी संघमा रहेर राजनीति शुरु गर्नुभएको थियो । इलाम बजारमा २०२१ सालमा जन्मनुभएका थापाले २०६२/६३ को जनआन्दोलनमा समेत सक्रिय सहभागिता जनाउनुभएको थियो ।

जिल्ला सहकारी संघको अध्यक्ष लगायतका संस्थामा रहेकी विष्णु दाहाल लिम्बु इलामको सामाजिक क्षेत्रमा परिचित नाम हो । लिम्बु नेपाल रेडक्रसको पुर्व सभापति समेत रहनुभएको छ ।

नगरका १२ वडा मध्ये नेपाली काँग्रेसले ९ वटा वडाको वडाध्यक्ष सहित वहुमत सदस्यहरु जितेको छ । काँग्रेस सहित नेकपा एकिकृत समाजबादी नेकपा माओबादी केन्द्र सहितका दलहरु गठबन्धन सहित स्थानीय निर्वाचनमा भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय