Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको मेयर एवम् उपमेयरको उम्मेदवार रहेका नागेश कोइराला र शिल्पा निराला कार्कीले अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन् ।

सत्तारुढ गठबन्धनबाट काङ्ग्रेसका नागेश मेयर र एमालेबाट शिल्पा उपमेयर उम्मेदवार हुन् । हालसम्म गरिएको मतगणनाअनुसार नागेश एमालेका सागर थापाभन्दा १९३४ मतले अगाडि रहेका छन् ।

सुरुवाती गणनादेखि नै अग्रता लिएका नागेशले हालसम्म ७८९९ मत पाएका छन् । सागरको ५९६५ मत मात्रै छ । मेयरका अन्य उम्मेदवारहरु स्वतन्त्रबाट उमेश यादवले २५८७ र राप्रपाका प्रल्हाद साहले १४७० मत पाएका छन् ।

एमालेकी शिल्पा गठबन्धनबाट उपमेयरको उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवभन्दा २४९६ मतले अगाडि छिन् । शिल्पाले ६८१४ मत ल्याउँदा अमरेन्द्रले ४३१८ मत पाएका छन् ।

उपमेयरका अन्य उम्मेदवारहरु राप्रपाकी विन्दाकुमारी लुइँटेल (आचार्य)ले १८३२ र स्वतन्त्रबाट नमिता न्यौपानेले १५२० मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय