Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको मेयर एवम् उपमेयरको उम्मेदवार रहेका नागेश कोइराला र शिल्पा निराला कार्कीले अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन् ।

सत्तारुढ गठबन्धनबाट काङ्ग्रेसका नागेश मेयर र एमालेबाट शिल्पा उपमेयर उम्मेदवार हुन् । हालसम्म गरिएको मतगणनाअनुसार नागेश एमालेका सागर थापाभन्दा १९३४ मतले अगाडि रहेका छन् ।

सुरुवाती गणनादेखि नै अग्रता लिएका नागेशले हालसम्म ७८९९ मत पाएका छन् । सागरको ५९६५ मत मात्रै छ । मेयरका अन्य उम्मेदवारहरु स्वतन्त्रबाट उमेश यादवले २५८७ र राप्रपाका प्रल्हाद साहले १४७० मत पाएका छन् ।

एमालेकी शिल्पा गठबन्धनबाट उपमेयरको उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवभन्दा २४९६ मतले अगाडि छिन् । शिल्पाले ६८१४ मत ल्याउँदा अमरेन्द्रले ४३१८ मत पाएका छन् ।

उपमेयरका अन्य उम्मेदवारहरु राप्रपाकी विन्दाकुमारी लुइँटेल (आचार्य)ले १८३२ र स्वतन्त्रबाट नमिता न्यौपानेले १५२० मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय