Nepali Unicode | Preeti to Unicode

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन् ।

रुससँग जुधिरहेको युक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्त्वपूर्ण भएको भन्दै राष्ट्रपति बाइडेनले यसको श्रेय अमेरिकी हतियार निर्माण कम्पनीलाई जाने बताए ।

पछिल्लो समय रुसी आक्रमणमा परी युक्रेनका २७ सर्वसाधारण मारिएका यूक्रेनी सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनेट्स्क सहरमा भएको रुसी आक्रमणमा २७ जना मारिएका र दर्जनौँ घाइते भएका अधिकारीले बताएका यूक्रेनी सञ्चारमाध्यमले जनाएका छन् ।युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोलमा हालसम्म १५६ जनाको उद्धार गरेको जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने मारियुपोलमा फसेका बाँकी नागरिकलाई स्टील कारखानाबाट बाहिर निकाल्न थप प्रयास भइरहेको बताएका छन् ।

पोप फ्रान्सिसले रुस युक्रेन युद्धका विषयमा चिन्ता व्यक्त गर्दै युद्ध विरामका लागि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई भेट्ने प्रस्ताव अघि सारेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर