Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

केही दिन अघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेका विश्वका नम्बर एक धनाढ्य एलन मस्कले अब कोकाकोला कम्पनी खरिद गर्ने घोषणा गरेका छन् ।

ट्विटर खरिदको सम्झौता भएको एक साता नबित्दै मस्कले ट्विटर मार्फत नै अब आफूले कोकाकोला खरिद गर्ने र कोकिनलाई पुनः कोकमा जोड्ने बताएका हुन् । तर कोकाकोलाको सम्झौता के कतिमा हुँदै छ भन्ने विषयमा भने उनले केही बताएका छैनन् ।

कोका कोला कम्पनी १८८६ मे महिनामा अमेरिकाको जर्जियामा स्थापना भएको थियो ।जोन पेम्बर्टन यसको स्थापना गरेका थिए । १८८७ मा २३०० डलरमा आसा ग्रीग्स कैंडलर ले कोका कोला कम्पनीलाई किनेका थिए ।कोकाकोला अहिले विश्वका २ सय देशमा विस्तार भएको छ भने ९ सय वटा कारखानाबाट कोक उत्पादन हुने गरेको छ ।

कोकाकोलामा विश्वभर ७ लाखले रोजगारी पनि पाएका छन् । विश्वभरबाट कोकाकोलाको राजश्व अमेरिका पुग्ने गरेको छ । त्यसो त एलन मस्कले चेन रेस्टुराँ म्याकडोनल्ड पनि खरिद गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय