Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

भारतले रुसमाथि लागेको कुनै पनि प्रतिबन्धको उल्लङ्घन नगरेको अमेरिकाले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनकाबीच भएको भर्चुअल भेटघाटपछि रुसबाट तेल आयात गरेको विषयमा भारतले रुसमाथि लागेको कुनै पनि प्रतिबन्धको उल्लङ्घन नगरेको भनाइ आएको हो । ह्वाइट हाउसका प्रेस सचिव जेन साकीका अनुसार दुवै देशबीचको वार्ता सकारात्मक भएको छ ।

साकीलाई बाइडेनले भारतमा रुसबाट ऊर्जा कारोबार सीमित गर्न दबाब दिएको हो वा होइन भन्ने प्रशन गरिएको थियो । यसमा उनले उर्जा आयात प्रतिबन्धित नभएको र भारतले प्रतिबन्धको उल्लङ्घन नगरेको बताएकी छिन् ।

‘भारतले रुसबाट केवल एक-दुई प्रतिशत तेल मात्रै खरिद गर्छ भने अमेरिकाबाट १० प्रतिशत खरिद गर्छ । यो कुनै पनि प्रतिबन्धको उल्लङ्घन होइन,’ साकीले भनिन् ।

साकीका अनुसार बाइडेनले प्रधानमन्त्री मोदीसँग रुसबाट प्रत्येक उत्पादनको आयात बढाउन भारतको हितमा नभएको बताएका थिए ।

बिबिसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय