Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

रुस–युक्रेनबीचको युद्धमा परेर दुई युक्रेनी फुटबलरको निधन भएको छ । अन्तर्राष्ट्रिय व्यावसायिक फुटबलर्स महासङ्घ (एफआइएफपिआरओ) ले युद्धमा परेर दुई फुबटलरको निधन भएको पुष्टि गरेको छ ।

युक्रेन युद्धले रुसजस्तो शक्तिशाली राष्ट्रसँग डटेर युद्ध गरिरहेको छ । रुसले युक्रेनमाथि जल, थल र आकाश तीनैतिरबाट आक्रमण गरेको छ । जसका कारण अहिलेसम्म युक्रेनबाट हजारौँको सङ्ख्यामा युक्रेनीहरू छिमेकी देशहरूमा शरण लिइरहेका छन् भने धेरैको मृत्युको खबर आइरहेको छ ।

यस्तैमा, युक्रेनमा दुई फुटबलको पनि निधन भएको भन्दै एफआइएफपिआरओले दुःख प्रकट गरेको छ । उसका अनुसार २१ वर्षीय फुटबलर भिटाली साप्ल्यो र २५ वर्षीय डिमित्रो मार्टिनेन्कोको निधन भएको हो ।

स्याप्ल्यो कर्पापी लिभ युथ टिमबाट फुटबल खेल्थे । उनको मृत्यु गत शुक्रबार भएको बताइएको छ । यस्तै, एफसी गोस्टोमेलबाट फुटबल खल्ने गरेका मार्टिनेन्को पनि युद्धमा परेर निधन भएको जनाइएको छ । मार्टिनेन्कोको घरमा रसियन सैनिकले बम फ्याँकेपछि उनी त्यसको सिकार बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय