
गीतकार सिद्दान्त शर्मा पौडेलको रचनामा निर्माण भएको गीत ‘रैछौ बेइमानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय गायिका प्रविशा अधिकारीको आवाज रहेको गीत देवराज आलेले सङ्गीतबद्ध गरेका हुन् । सङ्गीत संयोजन विशाल निरौलाले गरेका हुन् ।
विक्रम चौहानको निर्देशनमा गीतको भिडियो धुलिखेलको रमणीयस्थलमा छायाङ्कन गरिएको छ । अभिनेता धिरेन शाक्य, उमा श्रेष्ठ र निरिक्षा श्रेष्ठ फिचर्ड भिडियो प्रकाश खड्काले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
सिद्दान्त सिने प्रोडक्सन हाउसको अफिसियल यु ट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।