Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

बारा । बारामा एक हजार दुई सय १६ थान नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् ।

सिम्रौनगढ नगरपालिका ९, बसवरिया नहरबाट एक हजार दरको नक्कली नोट एक हजार २ सय १६ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका ५, सिघासनी बस्‍ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्‍ने २७ वर्षीय सन्दीप कुमार छन् ।

प्रहरीले बा.६४प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको गर्ने क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको तथा मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मोबाइल लिई फरार भएका व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय