Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

काठमाडौं, असोज ६ । न्याय माग्दै भोक हडतालमा रहेका नन्दप्रसाद अधिकारीको शव ६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालको शवगृहमा छ। उनी बितेपछि नेपालमा पाँचपटक सरकार परिवर्तन भए तर नन्दप्रसादको अझै दाहसंस्कार हुन सकेको छैन। दाहसंस्कारको दायित्व सरकारको हो तर अझै पूरा हुन सकेको छैन।

छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गोरखा फुजेलका नन्दप्रसाद र गंगामायाले २०६९ सालमा आमरण अनसन सुरु गरेका थिए। अनशनकै क्रममा नन्दप्रसादको २०७१ असोज ६ मा निधन भएको थियो। पतिको निधनपछि पत्नी गंगामाया वीर अस्पतालमै सत्याग्रहमा छिन्।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले सरकारको संवेदनशीलता घटेको बताए। ‘नन्दप्रसादको मृत्युपछि यस अवधिमा पाँचपटक सरकार बने। तर कसैको ध्यान नजानु विडम्बना हो’, उनले भने। नन्दप्रसादको मृत्यु हुँदा सुशील कोइराला प्रधानमन्त्री थिए। त्यसपछि केपी ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै अहिले फेरि ओली नै प्रधानमन्त्री छन्।

‘राज्यसँग माग राखेर भोक हडतालमा बसेका बेला मृत्यु भएपछि शवको व्यवस्थापन राज्यले नै गर्नुपथ्र्यो। यो राज्यको दायित्व हो। मृत्युपछि दाहसंस्कार गरिनुपर्छ। छिटोभन्दा छिटो दाहसंस्कार गर्नुपर्छ’, प्याकुरेलले भने। संक्रमणकालीन न्यायका कारण नन्दप्रसादको दाहसंस्कार रोकिएको भन्न नमिल्ने उनले बताए। सरकारको कस्टडीमा रही भोक हडतालका कारण मृत्यु भएकाको दाहसंस्कार गर्नुपर्ने दायित्व पनि सरकारको नै रहेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय