Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

३२५ ग्राम ब्राउन सगुरसहित एकजना पक्राउ

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले देउखुरीको अमिलियाबाट ३२५ ग्राम ब्राउन सुगरसहित नेपालगन्ज उपमहानगरपालिका ११, भट्टी टोलका ३५ वर्षीय महिन अन्सारीलाई पक्राउ गरेको हो ।

उनलाई देउखुरीको लमही नगरपालिका ९, अमिलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

‘‘अमिलियामा लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो,’’ उनले भने, ‘‘उक्त टोलीले जिल्लामा अहिलेसम्मकै ठूलो परिमाणसहित नेपालगन्जका महिन अन्सारीलाई पक्राउ गरेको हो ।’’ पक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय