Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
मन्त्रिमण्डल पूनर्गठनबारे छलफल सुरू
Nepali Unicode | Preeti to Unicode

काठमाडौं, ४ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको छ । अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठनका लागि आफ्नो तर्फबाट तीन वटा विकल्प अघि सारेका छन् । उनले पूरै सेट परिवर्तन गरेर नयाँ ल्याउने, वा दुई वर्ष पूरा गरेकाहरुलाई हटाएर नयाँ ल्याउने वा कार्यसम्पादन हेरेर राम्रो गर्नेलाई दोहोर्याउने र कार्यसम्पादन त्यति सन्तुष्ट नभएकाहरुलाई विदाई गर्नुपर्ने विकल्प अघि सारेका छन् ।

नेकपाले तत्कालै मन्त्रिमण्डल पूनर्गठन गर्नेगरि छलफल अघि बढाएको छ । आजको बैठकमा पूर्णतः मन्त्रिमण्डल पूनर्गठनमा केन्द्रित रहेर छलफल भएको थियो । बैठकमा सहभागी भएका एक सचिवालय सदस्यले  कुराकानीमा मन्त्रिमण्डल पूनर्गठनमा केन्द्रित रहेर छलफल सुरु भएको र आज सबै आ—आफ्नो धारणा राखेको सुनाए । उनकाअनुसार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने अहिले पूरै सेट नै परिवर्तन गर्नेगरि मन्त्रिमण्डल पूनर्गठन गर्न नहुने भन्दै कार्यसम्पादनको आधारमा पूनर्गठन गर्नुपर्नेमा जोड दिएका थिए । उनले राम्रो काम गरेका मन्त्रीहरुलाई हटाउँदा राम्रो सन्देश नजानेतर्फ नेताहरुको ध्यानाकार्षण गराएका थिए ।
अध्यक्ष दाहालले मात्रै होईन, वरिष्ठ नेता झलनाथ खनालले पनि कार्यसम्पादनको आधारमा नै मन्त्रिमण्डल पूनर्गठन गर्नुपर्नेमा जोड दिएका थिए । उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले पनि राम्रो र प्रभावकारी काम गरेका मन्त्रीहरुलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए । सचिवालय बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय