पोखराको लेकसाइडमा आज बिहान आगलागी हुँदा पाँच पसलमा क्षति पुगेको छ ।
फेवाताल किनार फुटट्रयाकमा रहेको एक पसलमा सुरु भएको आगलागीसँगै रहेको अन्य पसल पनि जलेको छ ।
वडा प्रहरीका नायव उपरीक्षकका अनुसार रेष्टुराँ, खाजा पसल, जुस सेन्टरलगायत पसलमा आगलागी हुँदा एक करोड ५० लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।
आगलागीको विद्युत सर्ट वा अन्य कारणबाट भएको थाहा नभएको र त्यससम्बन्धी अनुसन्धान जारी रहेको उनी बताउँछन् । आगलागी नियन्त्रण दमकलको सहायतामा प्रहरी, नेपाल सेना र स्थानीयबाट भएको हो ।
