Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

झापाको दमकसंग जोडिएको इलामको चुलाचुली गाँउपालिका ५ चपेटी स्थित रतुवा खोलामा आज विहान एक जना बृद्धको बेबारिसे शव फेला परेको छ ।
बुकुवासिंचाई नहरको मुहान देखि अन्दाजी ५० मिटर तल खोलामा वृद्धको शव फेला परेको प्रहरी चौकी पेल्टीमारीका ईन्चार्ज जिवनकुमार कार्कीले जानकारी दिए ।खोलाको ढुंगामा अड्किरहेको अवस्थामा ती वृद्धको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको परिचय खुल्न सकेको छैन् ।
यसअघि बुधबार मात्र चुलाचुली २ स्थित चाजु खोलाको जम्दारे खहरेमा बेबारिसे शव फेला परेको थियो । लिङ्ग पहिचान नै गर्न नसकिने कुहिएको शव बगाएर ल्याएको अवस्थामा फेला परेको उनले वताए ।
यसैगरि हिजो बुधबार सुनसरी र उदयपुरमा पानीमा डुबेर तथा खोलाले बगाएर बालिका सहित २ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजेको समयमा घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका ८ की १० बर्षीया नन्दनी ऋषिदेव पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले देखि तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका ३ का ५५ बर्षीय पदम मगरको धपड खोलाले बगाएर मृत्यु भएको छ । बुधवार साँझ पौने ७ बजेको समयमा घरबाट बिरेन्द्रबजार तर्फ जाँदै गर्दा बिच बाटोमा रहेको धपड खोला तर्ने क्रममा अचानक खोलाको बाढीले बगाएर बेपत्ता भएका मगरलाई खोजतलास गर्ने क्रममा बिहान साँढे ९ बजे बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला पारिएको ईलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय