Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

मङ्सिर ६ गते । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नौं संस्करण भर्चुअल्ली हुने भएको छ । महोत्सव मंसिर ६ देखि ९ गतेसम्म अनलाइनबाट हुनेछ ।

महोत्सवमा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र देखाइनेछ । महोत्सवमा चलचित्रहरु अनलाइन वेभसाइटमार्फत देखाइनेछ । महोत्सवमा अन्य छलफल, अन्तर्क्रिया तथा बहसहरु भर्चुअल्ली गरिने बताइएको छ ।

महोत्सवमा मानव अधिकार र न्यायका लागि वातावरण, मानव अधिकारमा कोडिभ –१९ को प्रभाव, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिकाजस्ता विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवासँग अन्तर्क्रिया तथा छलफल गरिने बताइएको छ ।

त्यस्तै, ओटीटी प्लेटफर्ममा नेपाली सिनेमा कसरी पुर्याउने बारे मास्टरक्लासको पनि आयोजना गरिने आयोजकले बताएको छ । देखाइने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रर्दशनको लागि छनोट गरिएको हो ।

महोत्सवमा छनौट भएका चलचित्रहरु मुभी डटकम अनलाईन वेभसाइट गएर हेर्न सकिनेछ । महोत्सवमा अन्तर्राष्ट्रिय विधामाका चलचित्रहरुको प्रदर्शन मात्र गरिनेछ भने नेपाली विधाका चलचित्रहरुको प्रतिस्पर्धा हुनेछ । जसमा प्रतिस्पर्धी नेपाली चलचित्रहरुलाई निर्णायक मण्डलले उत्कृष्ट फिक्शन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनौट गरी पुरस्कार घोषणा गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय