Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

मङ्सिर ६ गते । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नौं संस्करण भर्चुअल्ली हुने भएको छ । महोत्सव मंसिर ६ देखि ९ गतेसम्म अनलाइनबाट हुनेछ ।

महोत्सवमा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र देखाइनेछ । महोत्सवमा चलचित्रहरु अनलाइन वेभसाइटमार्फत देखाइनेछ । महोत्सवमा अन्य छलफल, अन्तर्क्रिया तथा बहसहरु भर्चुअल्ली गरिने बताइएको छ ।

महोत्सवमा मानव अधिकार र न्यायका लागि वातावरण, मानव अधिकारमा कोडिभ –१९ को प्रभाव, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिकाजस्ता विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवासँग अन्तर्क्रिया तथा छलफल गरिने बताइएको छ ।

त्यस्तै, ओटीटी प्लेटफर्ममा नेपाली सिनेमा कसरी पुर्याउने बारे मास्टरक्लासको पनि आयोजना गरिने आयोजकले बताएको छ । देखाइने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रर्दशनको लागि छनोट गरिएको हो ।

महोत्सवमा छनौट भएका चलचित्रहरु मुभी डटकम अनलाईन वेभसाइट गएर हेर्न सकिनेछ । महोत्सवमा अन्तर्राष्ट्रिय विधामाका चलचित्रहरुको प्रदर्शन मात्र गरिनेछ भने नेपाली विधाका चलचित्रहरुको प्रतिस्पर्धा हुनेछ । जसमा प्रतिस्पर्धी नेपाली चलचित्रहरुलाई निर्णायक मण्डलले उत्कृष्ट फिक्शन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनौट गरी पुरस्कार घोषणा गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय