Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

काठमाडाैं, २ असाेज । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकेदारहरूको बदमासीका कारण रसायनिक मल आयातमा समस्या भएको बताएका छन् ।

साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भएपनि ठेकेदारहरूले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा मन्त्री भुसालले कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित नहुने बताए ।

विगतमा ढिला टेण्डर हुँदा समस्या हुने गरेकोमा यो वर्ष समयमै टेण्डर आह्वान गरी प्रकृया अगाडि बढाउँदा पनि ठेकेदारहरूका लागि समस्या उत्पन्न भएको उनले बताए ।

‘‘टेण्डर गरेर दुई तीन महिनाको समय दिइएको थियो । त्यसमा सम्झौता गर्न आएनन् । सम्झौता गरेपछि एलसी गर्न आएनन् । एलसी गरेपछि त्यो पनि परिवर्तन गर्नुपर्‍यो । सबै गर्दा पनि पर्याप्त समय दिएका थियौँ । असार र साउनभित्र नै ७० हजार मेट्रिक टन युरिया मल आएर वितरण गर्नुपर्ने थियो । साल्ट्र ट्रेडिङले साउन ४ भित्र नै ल्याएर वितरण भइरहेको छ । त्यसैले कोरोनाका कारण समस्या भएको होइन ।’’

मन्त्री भूसालले यो वर्ष विगतभन्दा बढी खेती भएकाले मलको माग पनि बढी भएको बताए । कोरोना गर्दा श्रमशक्ति गाउँमा भएपछि खेती पनि बढेको उनले बताए । विगतमा किसानहरूले मल अभाव हुँदा सीमाक्षेत्रबाट आफैं ल्याउने गरेपनि यो वर्ष लकडाउनका कारण सम्भव नभएपछि समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय