Nepali Unicode | Preeti to Unicode

२ असाेज । नेपाल क्रिकेट संघ क्यानको कार्यसमितिको बैठक यसै साता हुने भएको छ । कोरोना भाइरसको महामारीका बीच पनि जनजीवन सामान्य भएपछि क्यानले असोजको ५ र ६ गते कार्यसमितिको बैठक गर्ने भएको हो ।

यसअघि भर्चुअलबाट नै कार्यसमितीको बैठक गर्ने योजनामा रहेको क्यानले अवस्था खुकुलो भएपछि काठमाडौं बाहिर बैठक गर्ने भएको हो । सो बैठकले क्यानको साधारण सभाको मिति तोक्ने छ ।

बैठक हुने निश्चित भएको र सो बैठकले साधारण सभाको मिति तय गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । क्यानमा नयाँ कार्यसमिति आएपछि साधारणसभा गर्न सकेको छैन ।

जसका कारण २१ दिने सूचना निकालेर चाँडोभन्दा चाँडो साधारण सभा गर्ने योजनामा क्यान छ । क्यानले पछिल्लोपटक संघको आर्थिक नियमावलीलाई परिमार्जन गर्ने तयारी गरेको छ ।

यसअघि विनयराज पाण्डे अध्यक्ष हुँदा बनाइएको आर्थिक नियमावलीमा धेरै बुँदा परिवर्तन हुनेछन्, त्यसलाई अन्तिममा साधारणसभाबाट परिमार्जित बुँदालाई पास गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर