Nepali Unicode | Preeti to Unicode
 BREAKING
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक |

गैंडाकोट नगरपालिका १८ हुर्चिल बस्ने ४२ वर्षीय धन बहादुर सुगुरपाक मगरको हत्या गरेको अभियोगमा उनका श्रीमती सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उनकै श्रीमती ३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने ४० वर्षीय मेख बहादुर सुनारी मगर रहेका छन् ।

२०७६ असार २० गते राति उनीहरु दुवै जना मिलेर धन बहादुरलाई हत्या गरी शव बेपत्ता बनाएको उजुरी पछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । आफ्नै घरमा सुतीरहेका धन बहादुरलाई उनीहरुले हम्मरले संवेदनशील अंगमा प्रहार गरी घाँटीमा डोरीले बाधी हत्या गरेपश्चात मेख बहादुरले शवलाई डोकोमा राखी सुन्दरी सामुदायिक वनमा लगि खाल्टो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साथै उनीहरुको बयानको आधारमा शव पुरेको भनिएको ठाउँमा उत्खनन् गर्दा सडीगलिसकेको अबस्थामा मानब कंकाल फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय