Nepali Unicode | Preeti to Unicode

स्वास्थ्यकर्मीले काम छाडेर आन्दोलनमा उत्रिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

काम छाडेर आन्दोलनमा उत्रने बिपी प्रतिष्ठानका चिकित्सकहरूको निर्णयको विरोधमा राजनीतिक दलका कार्यकर्ताहरूले प्रदर्शन र तोडफोड गरेका हुन् ।

लिम्बुवान, एमाले र राप्रपाका युवाहरूले भिसी कार्यालयमा आन्दोलनरत चिकित्सकहरूले लगाएको ताला तोडेका छन् । संरचनामा पनि तोडफोड गरेका छन् ।

चिकित्सकले काम छाडेर आन्दोलनमा उत्रिएपछि आक्रोशित बनेका युवाहरूले अस्पतालको डेन्टल गेटमा लगाएको ताला तोडेर प्रतिष्ठान हाताभित्र प्रवेश गरेर भिसीको कार्यालयमा तोडफोड गरेका हुन् ।

दलका कार्यकर्ताले जवरजस्ती गरेपछि प्रहरीले वलसमेत प्रयोग गरेको थियो । सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी काम छाडेर आइतबारदेखि आन्दोलनमा छन् । आन्दोलनका कारण हजारौँ बिरामी उपचारबाट बञ्चित भएका छन् ।

दुई दिनदेखि  बिपीको ओपिडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले प्रतिष्ठानको अवस्था अहिले सामान्य रहेको बताए । काम छाडेको विरोधमा केही समय प्रदर्शन भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर