Nepali Unicode | Preeti to Unicode

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ  । ४० वर्षीय अभिनेता शुक्लाको बिहीबार  विहान मृत्यु भएको हो ।

उनको ह्दयघातका कारण मृत्यु भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

विगबोस सिजन १३ को बिजेता  शुक्लालाई कपुर अस्पताल मुम्बईमा भर्ना गरिएकाे थियाे । अस्पतालले हृदयघातका कारण मृत्यु भएकाे जनाएकाे छ ।  शुक्लाकाे शव कपुर अस्पतालमा नै राखिएकाे छ । पाेष्टमार्टमपछि शव आफन्तकाे जिम्मा लगाइने छ । उनी दुई दिदीबहिनी र आमासँग बस्दै आएका थिए ।

अस्पताल स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्ययमले जनाए अनुसार सिद्धार्थले सुत्नु अघि औषधि सेवन गरेका थिए । तर उनले कुन औषधि खाएको भन्ने खुलेको छैन ।

विगबोस बि सिजन १३ जितेका उनी ‘बालिका बधु’ सिरियलबाट चर्चित बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर