काठमाडौं– मन्त्रिपरिषद्लाई पूर्णता दिन आज पनि शीर्ष नेताको बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज करिब ४ घण्टा बैठक बसेको थियो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुनुहुन्थ्यो ।
बैठकमा सहभागी नेताहरुका अनुसार सम्भवतः आज भोलि नै मन्त्रिपरिषद् विस्तार हुनेछ ।
