Nepali Unicode | Preeti to Unicode

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रीपरिषद् विस्तार सम्बन्धमा छलफल भएको जनाइएको छ ।

शीर्ष तीन नेताकाे बैठक सम्पन्न भएकाे नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।
यसअघि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको दल दर्ता लगायतको वैधानिक प्रक्रिया पूरा भए लगत्तै मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बताउँदै आउनुभएको थियो ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी) ले निर्वाचन आयोगबाट दलको आधिकारिकता प्राप्त गरिसकेको छ ।

यसैगरी, जसपाबाट विभाजित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) ले पनि दलको आधिकारिकता प्राप्त गरिसकेको छ । यससँगै प्रधानमन्त्री देउवा, मन्त्रीपरिषद् विस्तारलाई पूर्णता दिन गठबन्धन दलका नेताहरुसँगको छलफलमा जुट्नुभएको हो ।।

प्रतिक्रिया

सम्बन्धित खवर