लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले देउवा नेतृत्वको सरकारले सुकुम्बासीको आशा र अपेक्षामाथि घात गरेको आरोप लगाएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले भूमिहीनको समस्या समाधन गर्नका लागि गठित आयोग पुनर्स्थापित गर्न जनदबाब सिर्जना गर्न सबैलाई अपिल गरेका छन् ।
आयोगको विघटन भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीको आशा र अपेक्षामाथिको घात दाबी गरेका छन् ।
मङ्गलबार साँझ बसेको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।
