Nepali Unicode | Preeti to Unicode

सुरक्षागार्डले रोनाल्डोलाई एक्कासि गेटमै रोक्दा त्यहाँ खैलाबैला नै मच्चिएको थियो। रोनाल्डो पनि अन्य खेलाडीसँगै रंगशालाभित्र प्रवेश गरिरहेका थिए । सुरक्षागार्डले एक–एक गर्दै परिचयपत्र हेरेर खेलाडी र अफिसियललाई भित्र प्रवेश गराइरहेका थिए।

यसैक्रममा सुरक्षागार्डले रोनाल्डोसँग युरोकप आयोजकले प्रदान गरेको आधिकारिक परिचयपत्र मागेका थिए। तर, उनीसँग गेटपास मात्रै थियो। गेटपास बोकेका रोनाल्डोले युरोकपको आधिकारिक आइडी कार्ड भने घाँटीमा झुन्ड्याउनै बिर्सेका रहेछन्।

मास्क लगाएका भए पनि सुरक्षागार्डले रोनाल्डोलाई चिने। नजिकै रहेका अन्य खेलाडी र आयोजकले पनि उनी सुपरस्टार फुटबलर रोनाल्डो भएको भन्दै नरोक्न आग्रह गरे। तर, जति नै स्टार खेलाडी भए पनि नियम–कानुन सबैका लागि एकै हुन्छ भन्दै ती सुरक्षागार्डले उनलाई अघि बढ्न दिएनन्।

उनले आधिकारिक परिचयपत्रविना रोनाल्डोलाई रंगशालामा प्रवेश गराउन नसक्ने निर्णय सुनाए। पछि सहकर्मीहरूले आधिकारिक परिचयपत्र ल्याइदिएपछि मात्रै रोनाल्डोेले रंगशालामा प्रवेश पाए। त्यतिन्जेलसम्म उनी गेटबाहिरै बसिरहे।

यो घटनामा रोनाल्डोले आफ्नो गल्ती स्विकारेका छन्। त्यो दिनको खेलमा रोनाल्डोले हंगेरीविरुद्ध दुई गोल गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर