Nepali Unicode | Preeti to Unicode

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकले महाधिवेशनको समय तालिका परिवर्तन गर्ने पदाधिकारी निर्णय अनुमोदन गर्ने कार्यसूची छ ।

शनिबार बसेको पदाधिकारीको बैठकले आसन्न १४औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो।

भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर