Nepali Unicode | Preeti to Unicode

१६औँ संस्करणको युइएफए युरो कप २०२० फुटबल प्रतियोगितामा आज (सोमबार) राति तीन खेल हुँदै छन् । समूह चरणको खेलअन्तर्गत आज ६ वटा टोली आमने–सामने हुन लागेका हुन् ।

आज स्पेन र स्विडेनबीचको रोमाञ्चक प्रतिस्पर्धा हुँदै छ । नेपाली समयानुुसार राति १२ः४५ बजे हुने स्पेन र स्विडेनबीचको खेल स्पेनको सेभिल्लामा हुने छ । यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सुखद सुरुआत गर्ने दाउमा हुनेछन् ।

स्पेन र स्विडेन समूह ‘ई’मा छन् । उक्त समूहमा स्पेन र स्विडेनबाहेक पोल्यान्ड र स्लोभाकिया पनि छन् । आजै पोल्यान्ड र स्लोभाकियाले पनि प्रतिस्पर्धा गर्दैछन् । राति ९ः४५ बजेबाट सुरु हुने उक्त खेल रसियामा हुनेछ ।

यस्तै, आज साँझ समूह ‘डी’का स्कटल्यान्ड र चेक रिपब्लिकले खेल्दै छन् । स्कटल्यान्डमा हुने उक्त खेल साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा आयोजना गर्न लागिएको हो । सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो । तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर