Nepali Unicode | Preeti to Unicode

युइएफए युरो कप २०२० फुटबल प्रतियोगितामा अस्ट्रियाले नर्थ म्यासेडोनियामाथि ३–१ गोलको जित निकालेको छ ।

आइतबार राति रोमानियामा भएको खेलमा अस्ट्रियालाई जिताउन स्टेफन लाइनर, माइकल ग्रेगोरिट्च र मार्को अर्नाउटोभिचले समान एक गोल गरे । नर्थ म्यासेडोनियाका गोरन पान्डेवले एक गोल फर्काए ।

रोमानियाको राजधानी बुचारेस्टमा खेलको १८औँ मिनेटमा लाइनरले गोल गर्दै अस्ट्रियालाई सुरुआती अग्रता दिलाएका थिए । २८औँ मिनेटमा पान्डेवले गोल गर्दै म्यासेडोनियालाई खेलमा फर्काए ।

७८औँ मिनेटमा ग्रेगोरिट्चले गोल गर्दै अस्ट्रियालाई पुनः अग्रता दिलाउँदा ८९औँ मिनेटमा अर्नाउटोभिचले गोल गर्दै ३–० गोलको जित दर्ता गराए ।

युरोपियन च्याम्पियनसिपमा अस्ट्रियाको यो ऐतिहासिक पहिलो जित हो । यसअघि अस्ट्रियाले जित निकाल्न सकेको थिएन ।

जितसँगै तीन अङ्क जोड्दै अस्ट्रिया समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । म्याकाडोनिया भने पुछारमा छ ।

म्यासेडोनिया पहिलो पटक युरो कपमा छनोट भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर