इजरायलमा विपक्षी दलहरूले नयाँ गठबन्धन सरकार गठन गर्न सम्झौता गरेका छन्।
बिपक्षी येश अतिद पार्टीका नेता याईर लापिडले आठ वटा पार्टीको गठबन्धन तयार गरि सरकार गठनको लागि बहुमत पुगेको जानकारी दिनु भएको हो।
दलीय सम्झौता अनुसार आलोपालो प्रक्रियाद्वारा यमिना पार्टीका अध्यक्ष नाफ्ताली बेनेट प्रधानमन्त्री हुने सम्भावना बढेको छ। यो नयाँ गठबन्धनले अब इजरेली संसदमा आफ्नो बहुमत सिद्ध गर्नु पर्ने छ।
नयाँ सरकार बनेसँगै इजराइलमा बेन्जामिन नेतान्याहूको १२ बर्षको कार्यकाल को अन्त्य हुने छ।
इजरायलमा दुई वर्षको अन्तरालमा चौथो पटक सम्पन्न संसदको चुनावबाट पनि कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको छैन।
गत मार्च २३ मा सम्पन्न चुनाबमा वर्तमान प्रधानमन्त्री नेतन्याहूको पार्टीले सबैभन्दा बढी स्थान जितेर पहिलो दल बने पनि आवश्यक ६१ सिट को बहुमत नपुग्दा नयाँ सरकार गठन हुन सकेको थिएन ।
