Nepali Unicode | Preeti to Unicode

चितवन १५ जेठ । गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। कालिका १ लालीगुराँस टोलकी ५५ वर्षीय तेजकुमारी शिकारी सुनुवार राईको शनिबार दिउँसो करिब १ बजेको समयमा गैँडाको आक्रमणबाट मृत्यु भएको हो।

चतुर्मुखी सामुदायिक वन र पञ्चकन्या सामुदायिक वनको सीमा क्षेत्रमा निउरो टिप्न गएकी महिलामाथि गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक राई को शव भने पोष्ट मार्टम को लागी भरतपुर सरकारी अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर