Nepali Unicode | Preeti to Unicode

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरूङले गणतन्त्रका प्रतीक राष्ट्पति संस्थामाथि बारम्बार आक्रमण हुनु दुःखद् भएको बताएका छन् । गणतन्त्रका सन्दर्भमा शुभकामना सन्देश दिँदै गुरूङले यस्ता क्रियाकलापले गणतन्तन्त्रलाई कमजोर बनाउने बताएका छन् ।

“स्थापनाको पन्ध्रौं वर्षमा आइपुग्दा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभइ जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु हाम्रा लागि गर्वको विषय हो । तर, मुलुकमा पछिल्लो समय विकसित राजनीतिक अस्थिरताका बीच दलीय व्यवस्थाका आधारभूत मूल्य मान्यता र गणतन्त्रको प्रतीक संस्था राष्ट्रपतिमाथि हमला भइरहनु दुखद् छ । यस्ता क्रियाकलापले गणतन्तन्त्रलाई कमजोर बनाउँछन्,” गण्डकी प्रदेशमा मुख्यमन्त्रीसमेत रहेका उनले भनेका छन्, “यसमा जनता सचेत हुन जरुरी छ । कार्यकारी अधिकार मन्त्रिपरिषदमा रहने शासन व्यवस्था हुँदाहुँदै पनि सरकारका सिफारिस अनुसार भएका कतिपय कामका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई दोषारोपण गर्नु राजनीतिक सचेतनाको अभावमात्रै होइन गणतन्त्रलाई कमजोर बनाउने नियोजित प्रयास हो ।”

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर