Nepali Unicode | Preeti to Unicode

युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल शनिबार राति हुँदै छ । शनिबार नेपाली समयानुसार राति १२ः४५ बजे इङ्ग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीले उपाधिका प्रतिस्पर्धा गर्दै छन् ।

पोर्चुगलको पोर्टोमा हुने फाइनल खेलमा चेल्सी र सिटी युरोपियन च्याम्पियन बन्ने दौडमा छन् । यसअघि सिटीले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो भने चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई स्तब्ध बनाउँदै उपाधि नजिक स्थान बनाएको हो ।

सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने दौडमा छ भने चेल्सी दोस्रो पटक युरोपियन च्याम्पियन बन्ने दाउमा छ । चेल्सीले यसअघि २०१२ मा उपाधि जितेको थियो । सन् २००८ मा भने ऊ उपाधिबाट बिमुख भएको थियो ।

पछिल्ला दुई भिडन्तमा सिटीविरुद्ध चेल्सीले जित निकालेको छ । थोमस टुचेलको नेतृत्वमा चेल्सीले दुवै खेलमा सिटीमाथि जित दर्ता गरेको हो । यस्तै चेल्सीले सन् २००५ देखि २००९ को बीचमा चेल्सीले सिटीमाथि लगातार तीन खेलमा जित निकालेको थियो ।

युरापियन प्रतिस्पर्धामा भने सिटी र चेल्सीले एक पटक मात्र प्रतिस्पर्धा गरेका छन् । सन् १९७०–७१ मा चेल्सीले दुवै लेगको खेल जितेको थियो । त्यसपछि चेल्सीले रियललाई जित्दै कप विनर्सको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर