Nepali Unicode | Preeti to Unicode

मन्त्री ज्ञवालीले अमेरिकाले कोरोना संकटको समयमा परेको सहयोगको लागि अमेरिकालाई धन्यवाद दिएका थिए । वार्तामा नेपाल–अमेरिका सम्बन्ध, कोरोना महामारीमा सहकार्य र अन्य अन्तर्राष्ट्रिय एजेन्डालगायत धेरै विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

नेपाल–अमेरिका सम्बन्धबारे सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय र बहुपक्षीय वार्तालाई जारी राख्दै अघि बढ्नेबारे उनीहरुबीच सहमति पनि भएको मन्त्रालयले जनाएको छ ।

सहायक विदेशमन्त्री शेर्मनले अमेरिकाले नेपालको सामाजिक-आर्थिक क्षेत्रमा सहयोग बढाउने आश्वासन दिएकी थिइन् । उनले अमेरिकाले सहकार्यमा नेपालमा बन्न गइरहेका केही महत्वपूर्ण आयोजनाले नेपाललाई समृद्धितर्फ डोर्‍याउने विश्वास व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर