Nepali Unicode | Preeti to Unicode

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्रै सरकारको दाबी गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता शीतलनिवास पुगेका छन् ।

उनीहरुले कांग्रेस, माओवादी केन्द्र, जसपा र माधवकुमार नेपाल समूहका २७ सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष पुगेका छन् ।

माधव नेपाल समूहका २७ सांसदले साथ दिएको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।

त्यसअघि कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर