Nepali Unicode | Preeti to Unicode

दाङ । मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर उनले राजीनामापत्र बुझाएका थिए ।

“माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूसमक्ष लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोखरेलले नेपालको संविधानको धारा १६९(१) (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज मिति २०७८ साल वैशाख १९ गतेका दिन माननीय प्रदेश प्रमुखज्यूले स्वीकृत गर्नभएको छ,” प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “साथै, माननीय प्रदेश प्रमुखज्यूले संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञचालन गर्न तोक्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर