Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दै छन् । कोरोना संकट, सरकारको भूमिका र लकडाउनमा नागरिकको जनजीवनमा परिरहेको असरका विषयमा सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

देउवाले पत्रकार सम्मेलनमार्फत् पार्टीको धारणा राख्न लागेको देउवाका स्वकीय सचिवसमेत रहेका भानु देउवाले जानकारी दिए ।  भानुले भने, “कोरोनाको महामारीकै विषयमा फोकस गरेर सभापतिज्यूले ३ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।”

उनले मुख्य विषय कोरोना भएको र अन्य समसामयिक विषय पनि उठ्न सक्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर