साउथ स्टार अल्लु अर्जुनले आफूलाई कोरोना पोजिटिभ भएको बताएका छन् । उनले आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै बुधबार ट्विटरमा ट्विट गरेका थिए ।
उनले ट्विटमा लेखेका छन्, ‘मेरो कोरोना रिपोर्ट पोजिटिभ आएको छ । मैले आफूलाई घरमै आइसोलेट गरेको छु र सबै नियमलाई पछ्याइरहेको छु । मेरो सम्पर्कमा आएका सबैलाई टेस्ट गर्नका लागि आग्रह गर्दछु । म आफ्ना सबै शुभचिन्तकहरू र प्रशंसकहरूलाई चिन्ता नगर्न अनुरोध गर्दछु ।’
भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएको छ । स्वास्थ्य मापदण्ड अपनाएर अहिले धेरै कलाकार फिल्मको छायाङ्कनमा व्यस्त छन् । तर पनि थुप्रै सेलिब्रिटीहरूमा कोरोना सङ्क्रमण देखिन थालेको छ ।
