प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बिहान ११ बजे सर्वदलीय बैठक बस्दै छ ।
निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले हिजो नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि आफै टेलिफोन गरेका थिए । ओली नेतृत्वको सरकार ढाल्न प्रचण्ड, जसपाको बाबुराम–उपेन्द्र पक्षले कांग्रेसलाई दवाव दिएपछि सभापति शेरबहादुर देउवाले पहल लिइरहेका बेला तथा प्रदेशमा एमाले नेतृत्वका सरकारमाथि धमाधम अविश्वासका प्रस्तावहरु आइरहेका बेला ओलीले बोलाएको सवंदलीय बैठकलाई चासो पूर्वक रुपमा हेरिएको छ ।
यसैबीच बैठकमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ भने नजाने भएका छन् । बैठक सिंहदरबारमा नबोलाइएका कारण उनी नजाने भएका हुन् । यसअघि माधवकुमार नेपालले पनि बालुवाटारमा बोलाएको बैठकमा सहभागि हुन नस्क्ने बताएका थिए ।
