Nepali Unicode | Preeti to Unicode

काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिने कि नदिने भन्ने विषयमा नेपाली कांग्रेसका सांसद केन्द्रको निर्णयको प्रतीक्षामा छन् । आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा शाहीले विश्वासको मत लिँदै छन् ।

केन्द्रको निर्णयपछि मात्रै आफूहरुले निर्णय गर्ने प्रदेशसभा सदस्य दिनबन्दु श्रेष्ठले जानकारी दिए । बिहान संसदीय दलको अनौपचारिक बैठक बसे पनि कुनै निर्णय नभएको उनले बताए ।

“संसदीय दल औपचारिक बैठक भएन । अनौपचारिक बसाइ भयो । प्रदेशमा पार्टीको संरचना नभएकाले संस्थागत निर्णय केन्द्रले दिनुपर्छ । केन्द्रले निर्णय गरेर खबर गर्ने कुरा भएको छ । केन्द्रको खबर आएको छैन । केन्द्रको निर्णयको प्रतीक्षामा छौँ,” उनले भने ।

कर्णालीमा कांग्रेसका ६ जना सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर