Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

कोरोना भाइरसबाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्न जाँदा स्थानीयवासीले अवरोध खडा गरेपछि वीरगञ्जका व्यापारी तथा समाजसेवीले पहिलो चरणमा रु १० लाखको लागतमा काठको मचान बनाई त्यसमा शवदाह गर्ने व्यवस्था गर्न लागेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

शवदाह गृह निर्माण गर्न वीरगञ्ज महानगरपालिकाले वडा नं १३ स्थित रामजानकी मठ नजीकै सिरसिया नदी किनारमा ४० कट्ठा जग्गा उपलब्ध गराएको छ । शवदाह गृह निर्माणका लागि समाजसेवी राजकुमार दारुकाको संयोजकत्वमा १३ सदस्यीय व्यवस्थापन तथा निर्माण समिति गठन गरिएको छ । यसअघि कोरोनाबाट मृत्यु भएका मानिसको शवलाई खाल्डो खनी जमीनमुनि गाड्ने गर्दा सामाजिक परम्पराविरुद्ध भएकाले शवदाह गृह निर्माण गर्न लागिएको संयोजक दारुकाको भनाइ छ ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय