Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

एजेन्सी, २७ भाद्र । अमेरिकी राष्ट्रपति चुनाव नजिकिदै गर्दा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को ऐतिहासिक सफलता हासिल गरेका छन् । उनको पहलमा इजरायल र बहराईनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको छ ।

शुक्रबार भएको ऐतिहासिक सम्झौतामा बहराइनले इजरायलसँग कुटनीतिक सम्बन्ध स्थापित गरेको छ । यसमा ट्रम्पले मध्यस्थता गरेका छन् । अमेरिकासहित बहराइन र इजरायलले संयुक्त वक्तव्यमार्फत् कुटनीतिक सम्बन्ध स्थापनाको जानकारी गराएका छन् । बहराइनले इजरायललाई राष्ट्रको मान्यता दिएको छ ।

यसअघि ट्रम्पले युएईसँग इजरायलको यस्तै ऐतिहासिक सम्बन्ध स्थापित गर्न मध्यस्थकर्ताको भुमिका निभाएका थिए । कुसल मध्यस्थकर्ताको पहिचान बनाएका ट्रम्पले फेरि अर्को बाजी मारेका छन् । यसरी उनले अमेरिका भित्र र बाहिर आफ्नो बलियो छवि बनाएका छन् ।
यी सबै घटना अमेकिरामा राष्ट्रपति चुनाव नजिकिन दुई महिनाभन्दा कम समय बाँकी रहँदा विकास भएको हो ।

ट्रम्प ऐतिहासिक सम्झौताहरु गराएर आफूलाई नोबल पुरस्कारको दाबेदारका रुपमा उभ्याएका छन् । उनको नाम २०२१ को नोबेल शान्ति पुरस्कारको दाबेदारको सुचीमा परेको छ । फक्सन्युजका अनुसार ट्रम्प नोबल शान्ति पुरस्कारको मनोनयन सुचीमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय