Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

चैत १० ।आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ ।पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तानले खेल्दैछन् । प्रतियोगितामा नेपालका लागि गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् ।
नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा गरिएको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनको भनाइ छ । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिने महर्जनले बताएका छन् ।
उपकप्तान रोहित चन्दले घरेलु मैदानमा हुने खेललाई लिएर आफू उत्साहित रहेको बताएका छन् । नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार किर्गिस्तानसँग खेल्नेछ । नेपालले दोश्रो खेल चैत १४ गते बंगलादेशसँग खेल्नेछ ।
त्रिदेशीय लिगको फाइनल खेल चैत १६ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय