Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

२१ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री नआउने भएपछि नेकपा ओली समूहले विर्तामोडमा आयोजना गर्ने भनिएको जनसभा पनि स्थगित भएको छ ।
नेकपा विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमतिपछि आयोजना गरिने सभालाई सम्बोधन गर्नुपर्ने भएपछि ओलीले झापा भ्रमण स्थगित गरेका हुन् ।
प्रधानमन्त्री झापा नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने भनिएको सभा पनि स्थगित भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
यसअघि प्रधानमन्त्रीको उपस्थितिमा झापा विद्रोहका अगुवा मारिएको स्थान सुखानीमा श्रदाञ्जली सभा गर्ने कार्यतालिका थियो । २०२९ साल फागुन ९ गते झापा विद्रोहका अगुवा रामनाथ दाहालसहित पाँच जनाको राज्यपक्षले गोली हानी हत्या गरेको थियो ।
सहिदको सम्झनामा अर्जुनधारा नगरपालिकामा सालिकसहितको पार्क निर्माण गरिएको छ । प्रधानमन्त्री नआउने भएपछि सुखानीमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी सहभागी हुन जानेछन् ।
एक सातामा प्रधानमन्त्री ओली दुई पटक झापा आइसकेका थिए । तेस्रो पटक आउने कार्यक्रम भने स्थगित भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय