Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

१० फागुन । गत वर्ष नेपाल सरकारले घोषणा गरेको नेपालको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्रको सूचीमा छनोट भएको मुन्धुम पदमार्गको निर्माण कार्य धमाधम भइरहेको छ ।
स्थानीय सरकार, प्रदेश सरकार र स्वीस सरकारको लगानीमा मुन्धुम पदमार्गको करिब २५ किलोमिटर निर्माण कार्य सम्पन्न भएको छ । ८८ किलोमिटर निर्माण गर्ने योजनासहित काम भइरहेको छ ।
स्थानीय आर्थिक विकासको लागि मुन्धृुम पदमार्ग पर्यटन प्रवर्द्घन परियोजना अन्र्तगत निर्माण भइरहेको संयोजक हिराबाबु थापाले बताए ।
उनका अनुसार अहिले पदमार्ग फराकिलो बनाउने, सिँढी बनाउने, चौतारा बनाउने, किराँत पहिचानसँग जोडिएका चीहरुको सम्बर्धन एवम् प्रवर्धन गर्ने, साइनबोर्ड राख्ने कार्य भइरहेको बताए ।

मुन्धुम ट्रेल अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका, सालपा सिलिचो गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिकाका र खोटाङको साकेला गाउँपालिका, केपिलासगढी गाउँपालिकाको भूगोलमा पर्दछ ।
मुन्धुम ट्रेल किराँती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ । किराँतीहरुले मुन्धुमको आधारमा जन्मदेखि मृत्युसम्मको क्रियाकलाप गर्ने परम्परा रहेको र यसैलाई आधार मानेर पदमार्गको रुपमा विकासित गरिएको मुन्धुम ट्रेल पावीहाङ राईले बताए । यो पदमार्ग विभिन्न किराती समुदायको बसोबास गर्ने ठाउँहरुमा भएकाले विभिन्न किराती संस्कृति, संस्कार र जीवनशैली झल्किने निमार्ण कार्य भइरहेको राईले बताए ।
यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिने उनले बताए । यसबाहेक नेपालको अन्य कुनै ट्रेकिङ रुटबाट नदेखिने ४५ वटा हिमश्रृफ्ला देख्न सकिन्छ । तराईका भू(भागहरु समेत अवलोकन गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय