Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

एजेन्सी, २१ भाद्र । बलिउडमा एक समयकी चर्चित अभिनेत्री सुष्मिता सेन ४४ वर्षकी भइन् । हालसम्म विवाह गरेकी छैनन् र बिना विवाह पनि उनी दुई सन्तानकी आमा हुन् । महिलाको विवाह ३० वर्ष अगाडी नै गर्नुपर्छ भन्ने यो समाजलाई सुष्मिताले पनि भोगिन् ।

सुष्मिताले अन्र्तवार्तामा भनेकी छिन्, एक व्यक्तिले विवाहलाई लिएर गरेको प्रश्नमा उनका बुवाले ‘मेरी छोरीको चिनारी कसैको पत्नी नभएसम्म मात्र होइन’ भन्ने जवाफ दिएका थिए । बुवाको यो जवाफबाट पनि यो प्रस्ट हुन्छकी उनलाई विवाहको लागि परिवारबाट दबाब छैन् । उनले जीवनमा ठुलो सफलता हासिल गरेकी छिन् । विवाह नगरेपनि जीवन हासीखुशी बिताउन सकिन्छ भन्ने एक उदाहरण दिएकी छिन् ।

१९९४ मा मिस युनिवर्सको ताज हात पारेकी थिइन् । सुष्मिता सिगंल अभिभावक हुन् । २४ वर्षको उमेरमा छोरी रेने लाई गोदमा लिएकी थिइन् । सानो उमेरमा बच्चा गोद लिदाँ सबैजना आश्चर्य चकित परेका थिए । कसैले विश्वासै गर्न सकेका थिएनन् । तर उनले आफुमाथि विश्वास राखेर छोरी रेनेलाई मायाको साथै दुनियाको सबै खुशी दिएकी छिन् ।

उनले पछि एक छोरी पनि गोदमा लिइन् । उनले कहिल्यै पनि आफ्नो प्रेम जीवनबारे लुकाउने कोशिश खोजिनन् । सधै आफ्नो प्रेम जीवनको विषयमा खुला भइन् । उनले रोहमन शोलसँग डेट सुरु गर्दा पनि कुनै कुरा लुकाइनन् । सधै खुला किताब भइरहिन् । पछि उनी भन्दा उनका प्रेमी १५ वर्ष कान्छा भएको खबर बाहिर आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय